• एउटै दृष्टि, भिन्न कोण
  • Search

माओवादीबाट निर्वाचित गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीको दादागिरी , कार्यपालिकाको बैठकमै वडा अध्यक्षमाथि हातपात

२०७७ जेष्ठ १० गते शनिवार

रोल्पा । सुनिलस्मृति गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले वडा अध्यक्षलाई कुटपिट गरेका छन् । कोरोना रोकथाम तथा नियन्त्रणलागि जेठ ९ गने बसेको कार्यपालिका बैठकमा अध्यक्ष घर्तीले वडा नम्बर ४ का वडा अध्यक्ष गञ्जबहादुर क्षत्रीलाई कुटपिट गरेका हुन् । सुनिल स्मृति गाँउपालिका—४ ले सुलिचौर बजारमा रहेका बैंक सोमबार र बिहिबार खोल्ने निर्णय गरेको थियो । तर, कार्यपालिका बैठकमा वडाको निर्णय मान्य नहुँने भन्दै गाँउपालिका अध्यक्ष घर्तीले अनावश्यक विवाद झिके र आफुमाथि कुटपिट गरेको वडाअध्यक्ष क्षत्री बताएका छन् । कार्यपालिकाका एक सदस्यको भनाई अनुसार गाउँपालका अध्यक्ष घर्तीले दादागिरी शैलिमा अपशब्द बोली हातपात गरेको बताएका छन् । वडा अध्यक्ष क्षत्रीको कुटपिटबाट शरिरका विभिन्न ठाउँमा चोटपटक लागेको छ।

प्रतिक्रिया दिनुहोस