• एउटै दृष्टि, भिन्न कोण
  • Search

कोरोनासँग जुध्न कस्तो सहयोग चाहिन्छः भन… सरकार हामी तयार छौं !

२०७७ जेष्ठ १४ गते बुधवार

कर्णाली प्रदेश सरकारले अरु प्रदेशको तुलनामा कोरोनासँग जुध्नका लागि प्रदेशको सिमानामा, गाउँ–नगरमा क्वारेन्टाइनको निर्माण ब्यबस्थापन र सामाग्रीको संकलन लगायतको तयारीका लागि तीन महिना प्रशस्त समय पायो।

हामीले पनि पार्टीका तर्फबाट केन्द्र र प्रदेश सरकारलाई पटक–पटक बैठकबाट, फोन बाट, समाजिक सञ्जालबाट सुझाव दिइउ। सम्भावित खतराको लागि भुसको आगोको रुप लिनसक्ने साङ्केतिक सचेतता गराईउ।

संचार जगतले रातदिन लेख्यो, बोल्यो, सुझाव दियो, सचेत गरायो, करायो, तर दुर्भाग्यवस सुनुवाई भएन ,वास्ता गरिएन, अनि लापरवाही गरियो, सरकारबाट अरु के–के गरियो जनता साक्षी छन्।

परिणाम – आज देश, अनि कर्णाली प्रदेशमा कोरोना भुसको आगोको रुपमा दन्कदै छ। अझै पनि रोकौ। अझै पनि केही समय बाँकी छ, केन्द्र र प्रदेश सरकार।

सके देशको सीमामा – नभए कम्तिमा प्रदेशको सीमा बबैको आरक्षनको भु–भागमा र पश्चिमको कुईनेमा नेपाली सेनालाई परिचालन गरि युद्ध स्तरमा क्वारेन्टाइन बनाउँ।

विशेष गरि भारतबाट आएका नागरिक केहीको रेन्डम सेम्पलिङ् गरेर होईन सबैको अनिकार्य पिसिआर परिक्षण गरौं।

प्रत्यक जिल्लाको सिमाना, गाउँ–नगरमा प्रयाप्त क्वारेन्टाइन बनाउँ, परिक्षण पछि मात्र गाउँ र घरजान दिउँ।

हाललाई तत्काल संघीय सरकारले रु. ४ करोड र प्रदेश सरकारले रु. ३ करोडका दरले प्रत्येक गाउँ र नगरपालिकालाई बजेट उपलब्ध गराउँ। कोरोनासँग जुध्न सरकारलाई कांग्रेस पार्टीको के, कस्तो सहयोग चाहिन्छः भन – सरकार हामी तयार छौं। सहयोगमा सबै जुटौं। जय नेपाल ।।

प्रतिक्रिया दिनुहोस