• एउटै दृष्टि, भिन्न कोण
  • Search

नेपालमा काेराेन संक्रमित संख्या ५० हजार नाघ्याे

२०७७ भाद्र २५ गते बिहिवार

२५भदौ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार २ सय ४६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा‍.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार २ सय ४६ जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको छ।

प्रतिक्रिया दिनुहोस