• एउटै दृष्टि, भिन्न कोण
  • Search

कोरोनाबाट बबई बहुमुखी क्याम्पसका प्रमुखको मृत्यु

काठमाडौ २०७७ असोज १० गते शनिवार

बबई बहुमुखी क्याम्पस बर्दियाका प्रमुख विनोद अग्रवालको कोरोना सङ्क्रमणबाट नेपालगञ्जमा निधन भएको छ। फोक्सोको क्यान्सरबाट पीडित ५२ वर्षीय उनको चार दिनअघि स्वाव परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो। उनी होमआइसोलेसनमै बस्दै आएका थिए।

आज श्वासप्रश्वासमा समस्या भएपछि उपचारार्थ नेपालगञ्जस्थित भेरी अस्पताल लैजाने क्रममा उहाँको निधन भएको भेरी अस्पताल व्यवस्थापन समिति अध्यक्ष प्रमोद धितालले जानकारी दिए।

जिल्ला स्वास्थ्य कार्यालयका कोरोना स्रोतव्यक्ति नरेश श्रेष्ठले शव व्यवस्थापनको लागि आवश्यक समन्वय भइरहेको बताए।

प्रतिक्रिया दिनुहोस