प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी उपत्यका कायम भएको छ । प्रदेशसभाको मंगलबार बसेको बैठकले मतदान प्रक्रियाद्वारा प्रदेशको स्थायी राजधानी र नामको टुंगो लगाएको हो ।
स्थाइ राजधानी दाङ देउखुरी प्रस्तावको पक्षमा ६९ मत परेको छ, भने विपक्षमा १३ मत परेको छ । त्यस्तै, प्रदेशको नाम लुम्बिनी प्रदेशकाे पक्षमा ७९ मत रहेकाे छ, भने बिपक्षमा ४ मत रहेकाे छ ।
प्रदेश ५ का जम्मा ८७ सांसदमध्ये ८२ जना सांसदले मतदानमा सहभागी भएका थिए।
प्रदेशको स्थायी राजधानी दाङको देउखुरी उपत्यका र नाम लुम्बिनी दुई तिहाई बढी मतले पारित भएको हाे ।
२०७४ सालमा गठन भएको प्रदेश सभाले अढाइ वर्षपछि मात्र नाम र स्थायी राजधानी बिषयमा छलफल गरि टुङ्गाे लगाउन सकेको हो।