• एउटै दृष्टि, भिन्न कोण
  • Search

कर्णाली प्रदेशका मूख्यमन्त्री विरुद्द अविश्वासको प्रस्ताव पेश

सुर्खेत २०७७ असोज २५ गते आइतवार

संघीय सरकारमा स्थिरताको खोजी गरिरहेको समयमा कर्णालीमा भने मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएछन् । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आफ्नै सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन ।

महेन्द्रबहादुर शाहीलाई स‌ंसदीय दलको नेताबाट हटाउन माग गर्दै आइतबार १८ जनाको हस्ताक्षर गरिएको पत्र संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई बुझाएका हुन् ।

अविश्वासको प्रस्तावमा प्रदेशसभा सदस्यहरु यामलाल कँडेल, प्रदेश सरकारकी उपसभामुख पुष्पा घर्तीमगर र नेकपाका कर्णाली प्रदेशका संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलगायत रहेका छन् ।

नेकपा सं‌सदीय दलको नेतामा महेन्द्र बहादुर शाही निर्वाचित भएपछि पार्टीको प्रभावकारितामा ह्रास आएको, पार्टी र सरकारको कामकारबाही फितलो भएको सांसदहरुको आरोप छ ।

हेर्नुहोस अविश्वासको पत्र

प्रतिक्रिया दिनुहोस