• एउटै दृष्टि, भिन्न कोण
  • Search

अविश्वासको प्रस्ताव सरकार बिरुद्द हैन-दलको नेता विरुद्ध हो: मुख्यमन्त्री शाही

सुर्खेत २०७७ असोज २५ गते आइतवार

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध उनकै पार्टी नेकपाका सांसदहरूले हस्ताक्षर अभियान चलाएका छन् ।

हस्ताक्षर अभियान चलेपछि मुख्यमन्त्री शाहीले पार्टीभित्रको आन्तरिक समस्या छलफलबाटै हल हुने बताएका छन । हस्ताक्षर अभियान सरकारविरुद्ध नभई संसदीय दलको नेताविरुद्ध भएको मुख्यमन्त्रि शाहीले बताए।

”हस्ताक्षर अभियान सरकारविरुद्ध हैन, संसदीय दलको नेताविरुद्ध हो। प्रधानमन्त्री ओली विरुद्ध पनि यस्ता कुरा आएकै हुन्। दलको आन्तरिक कुरा हो यो, संसदीय दलको बैठकमा छलफल हुन्छ।” 

“सरकार विरुद्ध प्रस्ताव आएको भए राजीनामा दिने या प्रस्ताव फेस गर्ने भन्ने कुरा हुन्थ्यो। अब पार्टीभित्रै छलफल गरेर समस्या समाधान हुन्छ । दलको कुरा भएका कारण अहिले नै धेरै कुरा बोल्न आवश्यक छैन । केही दिनमै बैठक बसेर यो समाधान खोज्छौं ।” मूख्यमन्त्रि शाहिले भने ।

आफ्नै पार्टीका १८ जना सांसदले पार्टी संसदीय दलका नेता शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रयोजनका लागि हस्ताक्षर गरेका हुन् ।

४० सदस्यीय प्रदेश सभामा नेकपाका ३३ सांसद छन् । नेकपाका बहुमत सांसदले गरेको हस्ताक्षर संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहलाई बुझाएको छन ।

मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर गर्नेको सूचीमा पूर्वमाओवादी खेमाबाट प्रतिनिधित्व गर्ने उपसभामुख पुष्पा घर्ती र सांसद धर्मराज रेग्मीले पनि हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस