• एउटै दृष्टि, भिन्न कोण
  • Search

नेकपा कर्णाली प्रदेश सभा दलका प्रमुख सचेतक गुलावजंग शाहलाइ पद मुक्त

सुर्खेत २०७७ असोज २६ गते सोमवार

नेपाल कम्यूनिष्ट पार्टी  कर्णाली प्रदेश सभा दलका प्रमुख सचेतक गुलावजंग शाहलाइ पद मुक्त गरिएको छ । सो जिम्मेवारी प्रदेश सांसद सिता कुमारी नेपालीलाइ नियूक्त गरिएको छ । आइतबारको दिन मुख्यमन्त्री शाहीले गुलावजंग शाहलाइ प्रदेश सभादलको प्रमुख सचेतकको जिम्मेवारीवाट पदमुक्त गरेको पत्र र नयाँ नियूत्तिको पत्र सार्वजनिक भएको हो।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध नेकपाकै कर्णाली प्रदेशका सांसदहरुले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेपछी राजनीतिक अस्थिरताको खेल सुरु भएको छ।

मुख्यमन्त्रीबाट महेन्द्रबहादुर शाहीलाई हटाउन माग गर्दै आइतबार १८ जना नेकपाकै सांसदले हस्ताक्षर गरेको अविश्वासको पत्र संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई बुझाएका थिए । तर आइतबारकै मितिमा मुख्यमन्त्री शाहीले गुलावजंग शाहलाइ प्रदेश सभादलको प्रमुख सचेतकको जिम्मेवारीवाट पदमुक्त गरेको पत्र सार्वजनिक गरेका छन् ।

कर्णाली प्रदेश सांसद गुलावजंग शाहको काम सन्तोषजन नभएको भन्दै प्रमुख सचेतकबाट पदमुक्त गरेको पत्रमा उल्लेख गरिएको छ ।

असोज २५ गते नै गुलावजंग शाहलाइ हटाएर प्रमुख सचेतकमा सिता कुमारी नेपाली पदमा नियुक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस