लोकसेवा आयोगले नेपाल प्रहरीका लागि लिइएको प्रहरी जवान (जनपद) को अन्तिम नतिजा बुधबार सार्वजनिक गरेको छ ।
२०७६ भदौ ६ गते प्रकाशित विज्ञापन अनुसार अन्तरवार्त परिक्षामा सहभागी भएका उम्मेदवारहरु मध्य योग्याताक्रमानुसार मुख्य तथा बैकल्पिक सुचीमा रहेका उक्त उम्मेदवारहरुको अन्तिम नतिजा प्रकाशित भएको हो ।
साथै उत्तीर्ण भएका उक्त उम्मेदवारहरुले सम्बन्धीत परिक्षा केन्द्रहरुमा २०७७ असोज १३ गते बिहिबार ११ बज्ये भित्रमा सम्र्पक गर्न पनि नेपाल प्रहरीको प्रधान कार्यलय मानवश्रोत एंव प्रशासन विभाग भर्ना छनौट महाशाखा नक्साल काठमाडौंले अनुरोध समेत गरेको छ ।

