नेपाली कांग्रेसले भ्रष्टाचारका फाइल खोल्न र दोषीलाई कारबाही गर्न सबैको माग रहेको जनाएको छ। प्रबक्ता विश्व प्रकाश शर्माले ट्वीट गर्दै नेपाली काग्रेसको धारणा सार्वजनिक गरेका हुन ।
प्रवक्ता विश्व प्रकाश शर्माले बिहीबार एक ट्वीट गर्दै वाइड बडी,ओम्नी, बालुवाटार, प्रिन्टिङ प्रेस, गोकर्ण रिसोर्ट अनि लडाकुको राशनलगायतका भ्रष्टाचारको छानबिनको माग गरेका हुन्।
अनियमितता भएका क्षेत्रको गहिरो छानबिन र कडा कारबाही अघि बढाउन सार्वजनिक दबाब बढाउन समेत उनले ट्विटमा आग्रह गरेका छन्।
बुढिगण्डकी आयोजना चिनियाँ कम्पनीलाई बिना प्रतिस्पर्धा सुम्पेर राष्ट्रघात भएको उनले दोहोर्याए।