• एउटै दृष्टि, भिन्न कोण
  • Search

रोल्पामा छन तामाखानी: उत्खननमा कसैको पुगेन ध्यान

रोल्पा २०७७ कार्तिक २ गते आइतवार

रोल्पाको सुनछहरी गाउपालिका धेरै स्थानहरुमा तामाखानीहरुको संभावना भएको स्थानहरु छन । तर ती संभावित खानीहरुबाट अहिले तामा उत्पादन बिहिन रहेका छन । आज भन्दा २०० वर्ष पहिले तत्कालीन राणा सरकारले उत्खनन् गरेको तामाखानी अहिले उत्पादन बिहिन छन । देशको बदलिदो राजनैतिक परिवेश सँगै तत्कालिन श्री ५ को सरकारले उत्खननमा रोक लगाएको स्थानीय रिमु सुवेदीले बताए।

रोल्पाको रहेका तामाखानीहरु अहिले भवनावेशको रुपमा मात्र रहेकोछ। सुनछहरी गाउपालिका–५ जैमाकसलाको थनबाङ टोलमा र सुनछहरी गाउपालिका–७ जेलबाङ खिबाङको मिन्जाखोर, रोल्पामा तामाखानीका भवनावेशहरु थुप्रै रहेकाछ्न।

नेपाल सरकारले तामाखानीहरुको पुन उत्पादन सुरु गरी उत्खनन बाट राम्रो लाभ लिन सकिने र परम्परागत गुफाहरुको पर्यटकिय हिसावले बिकास गरे यस क्षेत्रको आर्थिक बिकास हुनेमा आशावादी रहेको स्थानीयहरु बताउछ्न ।

बिगतमा तामाखानीकोरुपमा प्रयोग गरिएका भवनावेशहरुलाई स्थानीय सरकारले पहिचान गर्नुपर्ने र प्रदेश र संघिय सरकारलाई समेत यसको उत्खनन्को लागि पहल गर्नुपर्ने नेकपाका रोल्पा जिल्ला सल्लाहकार समेत रहेका स्थानीय रिमु सुवेदी बताउदै आएका छन।

प्रतिक्रिया दिनुहोस