• एउटै दृष्टि, भिन्न कोण
  • Search

साईकलमा सवार बाबुछोरीलाई टिप्परले ठक्कर दिदा छोरीको मृत्यु, बाबु गम्भीर घाइते

दाङ २०७७ कार्तिक २ गते आइतवार

दाङ र अर्घाखाँचीको सीमाना नजिकै टिप्परले साईकल यात्रुलाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ भने अर्का गम्भीर घाइते भएका छन् ।

दूर्घटनामा परि दाङको गढवा गाउँपालिका वडा नं। १ जुराउनी निवासी २४ बर्षीया छोरी जमुना कुमालको मृत्यु भएको छ । उपचारका लागि लमही तर्फ ल्याउँदै गर्दा उको बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ ।

दूर्घटनामा परि जमुनाका बाबु ५९ बर्षीय बुद्धिराम कुमाल गम्भीर घाइते भएका छन् । गम्भीर अवस्थाका बुद्धिरामलाई उपचारका लागि लमही तर्फ पठाइएको प्रहरीले जानकारी दिएको छ ।

आइतवार दिउँसो करिव १ बजेतिर पूर्व तर्फ जाँदै गरेको रा १ ख २०२१ नम्वरको टिप्परले साईकल मार्फत पश्चिम भालुवाङ तर्फ आउँदै गरेका बाबु छोरीलाई ठक्कर दिएको
थियो ।

घटनास्थल पूर्वपश्चिम राजमार्ग अन्तरगत भालुवाङ बजारदेखि एक किलोमिटर जति पूर्व अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका वडा नं। ८ मा भएको हो ।

घटनावारे अनुसन्धान भइरहेको र घाइतेलाई उपचारका लागी लमहीवाट बुटवल रिफर गरिएको ट्राफिक प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी नायव निरिक्षक नन्द पोखरेलले फरककोणलाई बताए ।

तस्विर – भिमबहादुर बुढाथोकी

प्रतिक्रिया दिनुहोस