• एउटै दृष्टि, भिन्न कोण
  • Search

लुम्विनी प्रदेश सरकारले गर्यो कोरोना विरामीका लागि निशुल्क उपचारको व्यवस्था

काठमाडौ २०७७ कार्तिक ४ गते मङ्गलवार

सरकारले कोरोना संक्रमितको उपचार आफ्नै खर्चमा गर्नु पर्ने निर्णय गरेपनि लुम्विनी प्रदेशका चारवटै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका विरामीका लागि निशुल्क उपचारको व्यवस्था यथावत रहने भएको छ ।

लुम्विनी प्रदेशका मुख्यमन्त्री संकर पोखरेलले आफ्नो फेसबुकमा पोष्ट गर्दै यस्तो जानकारी दिएका छन
। उनले लेखेका छन ‘लुम्विनी प्रदेशका चारवटै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका विरामीका लागि निशुल्क उपचारको व्यवस्था यथावत रहेको छ ।’

यस्तो निर्णयको समर्थन गर्दै धेरैले राम्रो प्रतिक्रिया दिएका छन ।’ अब स्वास्थ र शिक्षा पुर्ण निशुल्क होस् भन्दै सुझाव समेत दिएका छन ।

प्रेम विश्वकर्मा संघर्स नाम गरेका एक ब्यक्ति प्रतिक्रियामा लेख्छन ‘संघीयता किन चाइयो भनेर कराउने बाँदर हरु सुन आज काठमाडौं मा कोरोना लागेको बिरामीले आफै उपचार गर्नु पर्ने क्वारेन्टाइन बस्दा नगद डिपोजिट गर्नु पर्ने निर्णय आउँदा लुम्बिनी प्रदेशमा अहिले सम्म निशुल्क कोरोना सम्बन्धी बिरामी सेवा उपलब्ध छ। हो यसलाई भन्छन संघीयता गणतन्त्र नेपालको लुम्बिनी प्रदेशको माननीय मुख्य मंत्री शंकर पोखरेल लाई धन्यबाद ।

लुम्विनी प्रदेशको यो निर्णयलाई सबैले स्वागत गर्दै सबैले मुख्यमन्त्रीलाई धन्यवाद समेत दिएका छन ।

https://www.facebook.com/shankar.pokhrel.946/posts/1692848854204324

प्रतिक्रिया दिनुहोस