राेल्पामा केही समय अधि देखि बिद्यालयहरु खुलेका छन । बिद्यालयहरु खुलेपनि बिध्यार्थीहरुले बिद्यालयमा स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाउदा काेराेना संक्रमणकाे जाेखिम बिद्यालयका बालबालिकामा उच्च देखिन्छ । राेल्पाकाे त्रिबेणी गाँउपालिका ४ सिमपानी बुढागाँउ स्थित रहेकाे जनकल्याण माध्यामिक बिद्यालयमा अहिले करिब ६०० बिद्यार्थीहरु अध्यनरत्त छन तर त्हाँ शिक्षक बाहेक बिद्यार्थी कसैले माक्सकाे समेत प्रयाेग गर्दैन्न ।

बिद्यार्थीहरुले न माक्सकाे प्रयाेग गर्छन, न कतै सेनिटाईजरकाे ब्यवस्था नै छ सामाजिक दुरीकाे कुरै छाेडाैँ अहिले पनि पहिलेकाे जस्तै लाईन लगाउने ब्यवस्था बिद्यालयमा गरिएकाे छ । जस कारण बालबालिकामा काेराेना संक्रमणकाे जाेखिम रहेकाे छ ।
त्रिबेणी गाँउपालिकाले स्वास्थ्य उपकरणहरु सहयाेग गरेपनि अपुग हुने हुँदा गरेकाले याे अवस्था अाएकाे बिद्यालय प्रशासनले जनाएकाे छ ।