प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँको शुभकामना व्यक्त गर्नका लागि प्रयोग गरेको निशान छापमा रहेको नक्सामा नयाँ कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको नक्सा समाबेस नगरेको विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीले लिम्पियाधुरा क्षेत्र भएको नक्सा प्रयोग नगर्नुलाई सामान्य त्रुटि मान्न नसकिने बताएका छन् ।
उनले एक ट्वीट गर्दै उनले लेखेका छन्, ‘लिम्पियाधुरारहित नेपालको नक्सा प्रयोगलाई सामान्य त्रुटि कसरी मानौं सम्माननीय प्रधानमन्त्री ? गम्भीर विमती दर्ज होस् ।’ देशको संसदले पारित गरेको नक्सा अब नक्सामै असुरक्षित भएपछि जग्गा फिर्ता गर्ने अभियान जारी कि यहाँको नेतृत्वमा बिसर्जन ? भन्दै प्रश्न समेत गरेका छन् ।
सरकारले जेठ ७ गते कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा प्रकाशित गरेको थियो । त्यसपछि तीन क्षेत्रलाई नेपालको निशान छापमा रहेको नक्सा संशोधन गर्नका लागि संविधान पनि संशोधन गरिएको थियो । हाल यही नक्सा प्रयोगमा छ ।
उज्यालो टाइम्सको “संजाल टाइम्स ”मा सामाजिक संजालमा आएका भनाईहरु जस्ताको त्यस्तै राख्ने गरेका छौं। – सम्पादक