सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको बैठक एक महिना पर सारीएको छ। गत असारदेखि भदौसम्म चलेको स्थायी कमिटी बैठकले कात्तिक १५ देखि १७ सम्म बस्ने तय गरेको बैठक मंसिर १५ गतेसम्मका लागि सारिएको नेकपा केन्द्रीय कार्यालयका सचिवद्वय श्रीराम ढकाल र ईश्वरी रिजालद्वारा जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ।
‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को २०७७ कार्तिक १५ देखि १७ गते आयोजना गरिएको केन्द्रीय कमिटीको तेस्रो बैठक कोभिड–१९ महामारीको बढ्दो प्रकोपका कारण हाललाई स्थगित गरिएको छ। स्थगित बैठक यही २०७७ मङ्सिर १५ देखि १७ गते आयोजना गरिने छ’, विज्ञप्तिमा भनिएको छ।
नेकपाको दोस्रो केन्द्रीय कमिटी बैठक गत वर्ष माघ १५ देखि १९ सम्म बसेको थियो। तेस्रो केन्द्रीय कमिटीको बैठकले महाधिवेशन सम्बन्धी कार्ययोजना पारित गर्ने भनिएको थियो।
