• एउटै दृष्टि, भिन्न कोण
  • Search

ओलीले कोटेश्वरतिरको तानाबाना चकनाचुर पार्छु भनेपछि प्रचण्ड र नेपाल तनावमा

काठमाडौ २०७७ कार्तिक २१ गते शुक्रवार

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई असफल बनाउने ‘कोटेश्वरतिरको तानाबाना’ चकनाचुर पारिने बताएका छन् ।

प्रधानमन्त्रीको यो संकेत पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालतर्फ लक्षित छ । किनभने, कोटेश्वरमा पूर्वमाओवादीको कार्यालय (पेरिसडाँडा) रहेको छ । र, माधव नेपालको निवास पनि कोटेश्वरतिरै छ । बिहीबार बालुवाटारमा मन्त्रिपरिषद बैठक चलिरहेकै बेला पेरिसडाँडामा प्रचण्ड र माधव नेपालबीच भेटवार्ता भएको थियो, जसलाई प्रधानमन्त्रीले ‘तानाबाना’ को संज्ञा दिएका हुन् ।

बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठक राजनीतिक अभिव्यक्तिबाट प्रधानमन्त्रीले सुरु गरेका थिए । बैठकमा प्रधानमन्त्रीले भने, ‘अहिले पनि कोटेश्वरतिर अनेक तानावाना बुनिँदैछ, तर त्यो सफल हुन दिइनेछैन ।’

बैठकमा सहभागी एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओलीले लामो समयपछि मन्त्रिपरिषद् बैठकमा राजनीतिक अभिव्यक्ति दिएका हुन् । सरकार असफल बनाउँदा पार्टी र देश बलियो नहुने प्रधानमन्त्रीको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस