• एउटै दृष्टि, भिन्न कोण
  • Search

सत्तारुढ नेकपा विवाद: सचिवालय बैठकको मिति तोक्न प्रधानमन्त्रीद्वारा ‘अस्वीकार’

काठमाडौ २०७७ कार्तिक २२ गते शनिवार

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले ‘तत्काल बैठक बोलाउन’ अस्वीकार गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाएका छन्।

 नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल सहित पाँचजना सचिवालय सदस्यले संयुक्त रूपमा बैठकको माग गर्दै लिखित पत्र बुझाएपछि नेताहरूबीच छलफल भएको थियो। प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्माओलीले तत्काल बैठकको मिति तोक्न अस्वीकार गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

उनले भने, “प्रधानमन्त्रीले बैठक बस्ने हो, सल्लाह गरेर बसौँलासम्म मात्र भन्नुभयो, मिति तोक्न तयार हुनु भएन।” नेता श्रेष्ठका अनुसार पाँचजना सदस्यले लिखित पत्रमा ‘तत्काल’ बैठक राख्न माग गरेका छन्।

“हामीले त भोलि वा ढिलोमा पर्सि सोमवारसम्म बैठक बसौँ भनेका छौँ,” उनले भने।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ‘औचित्य र आवश्यकताका आधारमा बैठक बस्न सकिने’ धारणा प्रधानमन्त्रीले राखेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस