सल्यानको बागचौर नगरपालिका खरिबोट नजिकै गुडिरहेको बसबाट खसेर एक जनाको मुत्यु भएको छ ।
जिल्लाको बागचौर नगरपालिका १२ बाफुखोलाबाट दाङको लागि छुटेको ना ५ ख १००१ नम्बरको बसको ढोकाबाट खसेर बानपा ११ का २१ वर्षिय एकराज खड्काको मृत्यु भएको हो । गाडीमा कोचाकोच गरेर ढोकानेर बसेका उनि खरिबोट बजार नजिकै खसेका हुन् ।
गाडीबाट खसेलगतै घाइते भएका खड्कालाई जनप्रिय पोलिक्लिनिक बागचौरमा प्राथमिक उपचार पश्चात थप उपचारको लागि जिल्ला अपस्ताल सल्यानमा पठाइएको थियो । उनको उपचारको क्रममा आज दिउँसो १ बजे जिल्ला अस्पताल सल्यानले मृत घोषणा गरेको हो ।
गाडी र चालकलाइ इलाका प्रहरी कार्यालय थारमारेमा राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानले जनाएको छ ।