दाङमा सिकार खेल्न गएका एक ब्यक्तिको बन्दुकको गोली लागेर मृत्यु भएको छ । मंसिर २ गते राति दाङको बंगलाचुलीमा बन्दुकको गोली लागेर सिकार खेल्न गएका एकजनाको घटना स्थलमा ज्यान गएको छ । राती पौने ९ बजे तिर घर फर्कने क्रममा उक्त घटना भएको हो ।
बंगलाचुली गाउँपालिका वडा नम्बर २ को गर्जेङखोला भत्केकोखेत भन्ने स्थानमा सिकार खेल्न गएका ४१ बर्षिय भोजबहादुर घर्तीमगरको गोली लागेर मृत्यु भएको बताईएकाे छ ।
जंगलमा दिनभर शिकार खेलेर घर फर्कदै गर्दा बन्दुक बोकेका २७ बर्षिय टोपबहादुर घर्ती मगर चिप्लीएर लोट्दा बन्दुक पड्कीएको र साथमा संगै हिडेका ४१ बर्षिय भोजबहादुर घर्तीको छातीमा गोली लागेको पारिवारीक श्रोतले बताएको छ ।
उनिहरु जंगलमा बँदेल र कालिज मार्ने उद्येश्य लिएर गएका थिए । राती पांने ९ बजे भएको घटना पश्चात ४१ बर्षिय भोजबहादुर घर्तीले परिवारलाइ फोन गरि कुराकानी गरेका थिए । परिवार सङ फोन गरि ४१ बर्षिय भोजबहादुर घर्ती बेहोस भइ मृत्यू भएको पारिवारीक श्रोतले जानकारी दिएका छन्।
भरुवा बन्दुक सहित टोप बहादुर घर्तिमगरलाई प्रहरी टोलिले नियन्त्रणमा लिएको छ ।