नेपाल कम्युनिस्ट पार्टी(नेकपा) जिल्ला कमिटी राेल्पाकी सदस्य इश्वरी जिएमले जिल्ला-जिल्लामा गुटबन्दी गर्दै हिड्ने नेकपाका नेताहरुलाई सबै जिल्लाबाट चितवनझैं लखेट्नुपर्ने बताएकी छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत युवा नेतृ जिएमले पार्टी एकताको मर्म विपरीत प्रधानमन्त्री केपी शर्मा अाेलीविरुद्ध गुट र सरकारविरुद्ध भ्रम फैलाउने नेकपाकै नेताहरुमाथि अाक्राेष पाेखेकी छन्।
नेतृ जिएम् लेख्छिन्- “पार्टी केन्द्रमा वार र पारकाे गम्भीर अबस्था सिर्जना भईरहेकाे बेला जिम्मेवार नेताहरु याेजनाबद्व हिसाबले जिल्ला जिल्लामा पुगेर हामी त पार्टी एकताको पक्षमै छाैँ, प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी अाेली नै पार्टी फुटाउने रणनीतिमा हुनुहुन्छ भन्दै भ्रम छर्दा – चितवनबाट मात्रै हाेईन देशका सबै जिल्लाबाट यसैगरी लखेटिनुपर्छ।
जुटाउने कम अनि ज्यान फालेर नेतृत्वलाई खुईल्याउने प्रबृत्तिले केपी अाेली त पत्ता साप हाेलान् नै, के तपाई (बहुमतमा छाैँ भनेर अाैँला गन्ने कमरेडहरु) सधैं यस्तै सग्लै रहिरहनुहाेला र? भल्चिरामा गए त सबै हाेला नि, अलिक ढिलाे चाडाे अाफ्नाे ठाउँमा छ।”
