• एउटै दृष्टि, भिन्न कोण
  • Search

खुलामञ्चमै प्रतिस्पर्धा गर्ने बादललाई विप्लवको चुनौती

काठमाडौ २०७७ मङ्सिर ९ गते मङ्गलवार

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पूर्वसहकर्मी एवं गृहमन्त्री रामबहादुर थापा बादलले आफूहरुलाई भूमिगत पार्टी भनेकोमा आपत्ति जनाएका छन् ।

सोमबार ई–रातो खबरलाई अन्र्तवार्ता दिँदै महासचिव नेत्रविक्रम चन्द विप्लवले आफूहरु भूमिगत नभएको स्पष्ट पारेका छन् । उनले आफुहरु भूमिगत नभइ जनताको माझमा रहेको बताएका हुन् ।

‘गृहमन्त्रीले भूमिगत भने । जुन कुरा हामीले भनेकै छैन । हामी भूमिगत पार्टी भनेको छैन । हामी जनताको बीचमा छौं,’ उनले भने, ‘प्रतिस्पर्धामा छौं । खुलामञ्चमै आउन तयार छौं ।’ उनले पार्टीमाथि लगाइएको प्रतिबन्ध आफूहरुका लागि अवसर र चुनौती दुवै रहेको बताएका छन् ।

उनले सरकारले प्रतिवन्ध लगाएपछि पनि पार्टीका नेता सुदर्शन लगायतका नेता सँग पुगेर राज्यले वार्ता गर्न प्रस्ताव गरिरहेको बताएका छन् । ‘प्रतिवन्धपछि पनि सुदर्शन लगायत कमरेडसँग पुगेर वार्ता गरौं भनेका छन् । तर वार्तालाई षड्यन्त्रका रूपमा प्रयोग गर्न भएन नि,’ उनले भनेका छन्, ‘राज्य कस्तो देखिन्छ भने सिके राउत जस्तो बनाउने रे । नेपाल कम्युनिष्ट पार्टी त्यस्तो हुन्न ।’

प्रतिक्रिया दिनुहोस