नेपाली काँग्रेसका नेता तथा स्कूल अफ डेमोक्रेसीका केन्द्रीय अध्यक्ष नैनसिंह महरले जनताले कम्युनिष्ट सरकारले गरेका कान्डको उत्तर खोज्नेबेला आएको बताएका छ्न । नेपाल प्रेस युनियन दाङले बुधवार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल विद्यार्थी सघंका पूर्व केन्द्रीय अध्यक्ष समेत रहेका महरले यस्तो बताएका हुन ।
दाङ बाट सुरु गर्नुपर्छ, डडेल्धुराबाट सुरु या संखुवासभाबाट गर्नुपर्छ जनाताको अदालतका अगाडी कम्युनिस्ट पार्टिका नेताहरुले उनकै पार्टिका कार्यकारी अध्यक्षले लिपिबद्द गरेर जुन आरोप पत्र दर्ता गरेका छ्न, जो अभियोग लगाएको छ त्यो अभियोग चानचुने होइन । कान्डै-कान्डको बिरासतमा रहेको सरकारमाथी फेरी उनकै पार्टिका कार्यकारी अध्यक्ष तथा पुर्व प्रधानमन्त्रीले लिखित दस्तावेज लगाएका छन त्यस्तो उत्तर तपाई हामीले माग्नु पर्ने उनले बताए ।
नेता महरले अहिले कम्युनिष्ट भित्रको झगडाको प्रमुख कारण जनताले कर तिरको पैंसामा कसले बढी दोहन गर्ने भन्ने विषयमा भइरहेको तर्क गरे ।
‘ नेकपा भित्रको अहिलेको बिवाद प्रधानमन्त्री केपी शर्मा ओलीले बढ्ता दोहन गर्ने कि, अर्का अध्यक्ष प्रचण्डले गर्ने भन्ने कुराले भइरहेको छ,’ नेता महरले भने ‘ वाईड बडी, ओम्नी, प्रिन्टिङ प्रेसमा दोहन कस्ले बढी गर्ने भन्ने लडाई हो ।’
फरक प्रसंगमा संयोजक महरले नेपाल कम्युनिष्ट पार्टी नेकपा नफुट्ने बताएका छन् । ‘नेकपा भित्रको अहिलेको बिवाद प्रधानमन्त्री केपी शर्मा ओलीले बढ्ता दोहन गर्ने कि, अर्का अध्यक्ष प्रचण्डले गर्ने भन्ने कुराले भइरहेको छ,’ नेता महरले भने ‘वाईड बडी, ओम्नी, प्रिन्टिङ प्रेसमा दोहन कस्ले बढी गर्ने भन्ने लडाई हो ।’
प्रेस युनियनका जिल्ला उपाध्यक्ष नारायण खड्काको अध्यक्षतमा भएको कार्यक्रमको सहजीकरण कोषाध्यक्ष प्रकाश डाँगीले गरेका थिए भने स्वागत पत्रकार गोपाल शर्मा भट्टराईले गरेका थिए ।