राेल्पामा दुइवटा हिजो बेवारिसे शब फेला परेको छन। रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नम्बर ४ अन्तर्गत बाहेखोला भन्ने स्थानको नजिक जिलाखोला दुई वटा शब फेला परेका हुन ।
माछा मार्न खोला गएका बालबालीकाहरुले उक्त शबहरु देखेर प्रहरीलाई खबर गरेका थिए । शबहरु नचिने अवस्थामा रहेको सुनिल स्मृति गाउँपालिका ४ का वडा अध्यक्ष गंन्ज बहादुर क्षेत्रीले फेसबुकमा स्टाटस राख्दै बताएका छन ।
वडा अध्यक्ष क्षेत्रीका अनुसार एक जना मान्छे मरेको छ भन्ने खबर पाएपछि इलाका प्रहरी कार्यालय सुलिचौरका प्र. नि को टोलि सहित हामी उक्त स्थान मा पुग्दा अन्दाजी ४० र ४२ बर्ष को एक जना पुरुष को शव पुरै नचिनिने किरा परेको अबस्थामा शव भेटियो भने ,उक्त लासको करिब १० मिटरको दुरिमा अर्को लास पनि भेटिएको हो । पहिचान गर्ने केही कागजात भेटिएको छैन । घटना स्थलमा एउटा मोबाइल भेटिएको छ । घटनाको अनुसन्धान भैरहेको रोल्पा प्रहरीले जनाएको छ । ती शवहरु २० र २५ दिन अगाडिको हुन सक्ने अनुमान गरिएको छ ।
गाउँमा कोहि व्यक्ति केहीदिन पहिले हराएको भए खबर गर्न प्रहरीले अनुरोध गरेको छ । उक्त शबमा एकजनाले कम्ब्याट कलरको जकेट र अर्कोले रातो कलरको जकेट लगाएका छन् । प्रहरीले यस घटनाको अनुसन्धान गरिरहेको जनाइएको छ ।