• एउटै दृष्टि, भिन्न कोण
  • Search

प्रचण्डलाई जबाफ दिँदै ओलीले सचिवालयमा पेस गरे जवाफी प्रस्ताव (पूर्ण पाठसहित)

काठमाडौ २०७७ मङ्सिर १३ गते शनिवार

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफी प्रस्ताव पेस गरेका छन् । प्रधानमन्त्री ओलीले पेस गरेको जवाफी पत्र सचिवालय सदस्यहरुलाई अध्ययनका लागि दिइएको छ ।

उक्त प्रस्तावमाथि अध्ययन गरेपछि मंसिर १६ गते दिउँसो एक बजे बस्ने सचिवालय बैठकमा छलफल हुने भएको छ । यसअघि कार्यकारी अध्यक्ष प्रचण्डले ओलीको आलोचना गर्दै प्रतिवेदन ल्याएपछि ओलीले पनि प्रचण्डलाई जवाफ दिने गरी प्रतिवेदन ल्याएका हुन् ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले अब दुबै प्रतिवेदनमाथि छलफल हुने जानकारी दिए । दुबै प्रतिवेदन अध्ययन गरेर आगामी मंसिर १६ गतेका लागि अर्को बैठक तय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । सो बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्नेछ ।

प्रधानमन्त्री ओलीले छुट्टै प्रतिवेदन तयार पार्न समय मागेपछि दश दिनपछि आज सचिवालय बैठक बसेको छ । नेकपाको मंसिर १८ मा स्थायी कमिटी र मंसिर २५ मा केन्द्रीय कमिटी बैठक बोलाइएको छ ।

कात्तिक २८ गतेको बैठकमा प्रचण्डले ओलीमाथि विभिन्न आरोप लगाउँदै प्रस्ताव ल्याएपछि नेकपा विवाद नयाँ मोडमा पुगेको छ ।

हेर्नुस् ‌‌ओलीको जवाफको पूर्णपाठ

प्रतिक्रिया दिनुहोस