सुनिल स्मृति गाउँपालिका वडा नम्बर ४ जिया खोला किनारमा १२ गते बेलुका फेला परेका दुई अपरिचित पुरुषका शवकाे पहिचान भएको छ । प्रहरीले स्थानीयबासी प्रयोग गरि ती शवकाे पहिचान गरेको हाे।
पहिचान भएका शवहरु रुम्टीगढि गाउँपालिका ३ राेल्पाका २८ बर्षका वीर बहादुर हमाल र बंगलाचुली गाउँपालिका २ दाङका ३५ कृष्ण केसी रहेका छन । माछा मार्न गएका स्थानीय बालबालिकाले खोल्सामा नजिकै शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
शुक्रबार साँझ खबर आए पनि प्रहरीले शनिबारमात्रै मुचुल्का उठाएको थियो । आफन्त आएर शव चिने पछि उनीहरुको पहिचान भएको हाे। दुबै व्यक्ति गाउँ गाउँमा खसी बाेकाहरु चाेर्ने कार्यमा संलग्न हुदै आएको बुझिएको छ ।
नीजहरुकाे हत्या भएको हाे कि आफै भिर बाट लडेर निधन भएको हाे भन्ने अहिलेसम्म खुल्न सकेको छैन । ती दुबै २०७७ साउन १३ गते जिल्ला कारागार राेल्पा बाट चाेरि मुद्दामा कैद भुक्तान गरि छुटेका थिए । जेल बाट छुटेपछि पनि ठाउँ ठाउँमा चाेरीका घटनाहरु घटाउदै आएको बताइएको छ ।