सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) को भात्री संगठन अनेरास्ववियू रोल्पाले त्रिबेणी गाउपालिका रोल्पामा रहेको जनजागृती माद्यामिक बिद्यालय जुगारले अङ्ग्रेजी भाषामा अध्यापन गराउने नाममा विद्यार्थीको ढाड सेक्ने गरि चर्कोो शुल्क उठाएकोमा बिरोध जनाएको छ। आज एक बिज्ञप्ति गरि बिरोध जनाएको हो । अनेरास्ववियु रोल्पाका कार्यबाहक सयोजक अशोक वली परिवर्तन र केन्द्रिय सदस्य सुमित कुमार राणाको संयूक्त हस्ताक्षर रहेको बिज्ञप्तिमा १० दिनको अल्टिमेटम सहित विद्यार्थीको शुल्क फिर्ता गर्न भनिएको छ । अटेरी गरेमा थप सङघर्ष गर्ने र त्यस बाट आउने परिणामको विद्यालय जवाफदेहि हुनु पर्ने उल्लेख गरेको छ ।

त्यसैगरि सिटिइभिटी मार्फत संचालित कृषि पढाइमा थप शुल्क सृजना नगर्न ध्यानाकर्षण गराएको छ।
