• एउटै दृष्टि, भिन्न कोण
  • Search

स्थायी कमिटीमा ओलीले भने–अब बामदेवलाई प्रधानमन्त्री बनाउँ

काठमाडौ २०७७ पुष १ गते बुधवार

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव पुनः राखेका छन् ।

बुधवारको स्थायी कमिटी बैठकमै ओलीले अबको प्रधानमन्त्री बामदेवलाई बनाउने प्रस्ताव राखेका हुन् ।

स्थायी कमिटीका एक सदस्यका अनुसार ओलीले पार्टीका पहिलो तहका सबै नेता प्रधानमन्त्री भइसकेको भन्दै अब बामदेवको पालो आएको बताए ।

ओलीको भनाई उधृत गर्दै ती सदस्यले भने–बैठकको यो अघिल्लो लहरमा बसेका हामी पाँचजना छौं । पाँचजना मध्ये चारजना प्रधानमन्त्री भइसकेका छौं । अब बाँकी बामदेवजी हो,अब उहाँलाई बनाउँ । चुनावबाट ल्याएर गर्ने कि अघिनै अर्कोतिरबाट ल्याउने हो छलफल गरौं ।

पहिलो लहरमा ओली,प्रचण्ड,माधव नेपाल,झलनाथ खनाल र बामदेव बसेका थिए ।

यसअघि बैशाखमा आफूविरुद्ध प्रचण्ड माधव नेपाल पक्षले समिकरण बनाएपछि पनि ओलीले सचिवालय बैठकमा बामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राखेका थिए ।

प्रतिक्रिया दिनुहोस