• एउटै दृष्टि, भिन्न कोण
  • Search

रातो प्लास्टिक ब्याग बोकेर रातारात वर्षमान पुन डेरा सरे

काठमाडौ २०७७ पुष ५ गते आइतवार

प्रधानमन्त्री केपी शर्मा ओलीको कदमप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका मन्त्रीहरुले सरकारी गाडी सम्बन्धित मन्त्रालयमा बुझाएका छन् ।

आइतबार दिउँसो राजीनामा दिएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन (अनन्त) ले सरकारी गाडी दिउँसै मन्त्रालयमा बुझाएका छन । उनले राजीनामा दिएपछि सरकारी गाडी मन्त्रालयमै छाडेर स्थायी कमिटीको बैठकको लागि निजी गाडीमा बालुवाटार गएका थिए ।

मन्त्री पुन आज साँझ नै मन्त्री निवास पुल्चोकबाट आफ्नो डेरा बालुवाटार सर्ने प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिए । अहिले मन्त्री पुनका सामान ओसार्ने काम भइरहेको छ ।

राजीनामा दिएका अरू मन्त्रीले पनि गाडी फिर्ता गर्ने मन्त्री निवास छाड्ने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस