• एउटै दृष्टि, भिन्न कोण
  • Search

महेश बस्नेतले प्रचण्ड पक्षलाई दिए पेरिस डाँडामा आगो लगाउने चेतावनी

काठमाडौ २०७७ पुष ११ गते शनिवार

नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय सदस्य महेश बस्नेतले पुष्पकमल दाहाल प्रचण्डले पक्षले पार्टी कार्यालय बल्खु र धुम्बाराहीमा आँखा नलाउन चेतावनी दिएका छन्। शनिबार ललितपुर क्षेत्र नं. १ मा भएको प्रधानमन्त्री केपी शर्मा ओली पक्षको भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले यस्तो चेतावनी दिएका हुन्।

‘हामीले पेरिस डाँडाको पार्टी कार्यालयमा आँखा लगाउँदैनौँ। प्रचण्ड पक्षले पनि बल्खु र धुम्बाराहीमा आँखा लगाउन खोजेमा युवाहरुले पेरिस डाँडाको पार्टी कार्यालयमा आगो लगाइदिन्छन्’ उनले भने।

प्रचण्ड प्रधानमन्त्रीको भोकले गर्दा सडकमा पुगेको उनले आरोप लगाए। ‘नेकपाले उहाँलाई कारबाही गरेको भोलिपल्ट नै सडकमा पुग्नुभयो’ उनले भने ‘प्रधानमन्त्रीको भोकले सडक छाप प्रधानमन्त्री नै बनायो।’

अध्यक्ष दाहाललाई गोलाकारभित्रको हँसिया हथौडा लिएर निर्वाचनमा आउन चुनौती दिएका छन्।

प्रतिक्रिया दिनुहोस