• एउटै दृष्टि, भिन्न कोण
  • Search

राेल्पा “क्लिन स्विप”काे सपना त स्थानीय चुनावले भत्काईसक्याे, अझै किन १० वर्षे शैली ?

रोल्पा २०७७ पुष १२ गते आइतवार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य इश्वरी जिएमले प्रचण्ड-माधव नेपाल समूहलाई ताजा जनादेशका प्रधानमन्त्री केपी शर्मा अाेलीले गरेको निर्णयबाट भागेर सडकमा रमिता देखाईरहेकाे बताएकी छन्। पार्टी बिभाजनका लागि सडकमा पुगेका नेता प्रचण्ड-नेपाल समूहलाई उनले निर्वाचनबाट भाग्नलाई बहाना र गलत भ्रम छरेर आन्दाेलनकाे नाम दिई बलजफ्ती तरिकाले सडकमा ल्याउन खाेज्नेहरुलाई सशक्त प्रतिकार गर्ने चेतावनी दिएकी छन्।

सामाजिक संजाल फेसबुकमार्फत केन्द्रीय सदस्य जिएमले अाफुहरु निर्वाचन तयारीका साथ पार्टी केन्द्रकाे निर्देशन अनुसार गाउँ-गाउँमा पसिरहेकाे समेत जानकारी दिएकी छन्। ताजा जनादेशकाे पक्षमा खुट्टा नकमाएर लाग्न सबैलाई नेतृ जिएमकाे अाग्रह छ।

जनमतबाट डराएका केही मानिसहरुले पछिल्लो समय प्रत्यक्ष व्यक्तिगत रुपमा एकअर्का समुहका व्यक्तिले फाेन तथा सामाजिक संजालमा धम्की पुर्ण अभिव्यक्ती दिन थालेकाे समेत खुलासा गरेकी छिन्। उनले विभिन्न गालि गलाेज सहित विगतकाे द्वन्द्व कालिन समय जस्तो धम्की सामाजिक संन्जाल मार्फत आएको बताएकी छन। आफ्नाे सामाजिक संजाल फेसबुक मार्फत त्यस्ता गतिविधि आफू तथा जाे काेहिलाई पनि नगर्न जिएमले सुझाव दिएकी छन्।

सामाजिक संजालमा उनले लेखेकाे धारणा

नेकपाकाे पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर (१० बर्षे शसस्त्र द्वन्द्वमा सहभागी भएका ) नेकपाकै कतिपय जिम्मेवार साथिहरुले निर्बाचनमा जाने अभियान सहित गाउँ आए खुकुरीले छप्काउने, रगतकाे खाेलाे बगाईदिने जस्तो अत्यन्तै गैरजिम्मेवारपुर्ण म्यासेजहरु म्यासेन्जरमा पठाएर पुनः १० बर्षे पिरियडकै झल्को दिई आफुलाई बहादुरी देखाईरहनुभएकाे छ तर म त्यसलाई कायरता प्रर्दशन भन्छु ।

म साथिहरुलाई हार्दिकतापुर्बक र बिनम्रताकापुर्बक यसरी उत्तेजित र उत्ताउलो तरिकाले प्रस्तुत नहुन अनुराेध गर्न चाहन्छु । १० बर्षे शसस्त्र द्वन्द्वकालमा राेल्पालाई तपाईंहरुले राजधानी र माओवादी किल्लाकाे रुपमा घाेषणा गरेपनि २०७४ सालकाे स्थानीय निर्वाचनमा १० तह र ७२ वडामध्ये तत्कालीन एमालेले २ वटा गाउँपालिका सहित ११ वटा वडा र नेपाली कांग्रेसले पनि १ गाउँपालिका सहित १२ वडा, स्वतन्त्र २ वडाहरु जितेर तपाईंहरुले साेचे जस्तो राेल्पा क्लिन स्विपकाे सपनालाई भत्काईदिसकेका छन्।

त्यसैले हिजाे पनि, आज पनि र भाेलि पनि तपाईंहरुले देखाउने त्याे दम्भ र धम्किपुर्ण ब्यबहारले १० वर्षे पिरियडमा त जनता तर्सिएर पनि थुरुरु हुँदै भित्र जे भएपनि बाहिरी समर्थन गरेकै हुन् तर शान्तिप्रकृयापछि र आजका दिनसम्म आउदा अब जनताले सत्य के हाे? प्रस्ट छुट्याएर खुलमखुला अभिमत प्रकट गर्ने हिम्मत राख्दछन् त्यसैले मेराे म्यासेन्जरमा धम्किका भाषा पठाउन छाेड्नुस् पठाईरहनुभयाे भने स्कृनसट गरेर सामाजिक सञ्जालमा तपाईकाे रुप उघारिदिन म बाध्य हुनेछु।

अन्त्यमा, जनता जनार्दन हुन्। हाम्रा पार्टीका केही साथिहरु ताजा जनादेशमा गए सकिन्छाैँ भन्ने भयले सडकमा रमिता देखाईरहदा हामी ताजा जनादेशमा जान हिम्मत गर्नेवाला नेकपा संस्थापन र एकताकै पक्षमा रहेकाहरु उहाँहरुले रमिता देखाईरहेकाे सडकदेखि तलमाथि र दायाँबायाँ छरिएर रहेका गाउँ बस्तिहरुमा निर्वाचन तयारीका साथ पार्टि केन्द्रकाे निर्देशन अनुसार गाउँ गाउँमा पसिरहेका छाैँ। त्यसैले याे त्याे बहाना र गलत भ्रम छरेर सडक आन्दाेलन नाम दिई जबर्जस्ती उहिलेकाे जस्तो बलजफ्ती तरिकाले सडकमा ल्याउन खाेज्नेहरुलाई सशक्त प्रतिकार गर्दै ताजा जनादेशकाे पक्षमा खुट्टा नकमाएर लाग्न म सबैलाई हार्दिक अनुराेध गर्दछु ।

प्रतिक्रिया दिनुहोस