कुलमान घिसिङले नेपालमा अहिले लोडसेडिङ गर्नुपर्ने कुनै आवश्यकता नरहेको बताएका छन । तर व्यवस्थापकीय क्षमता देखाउन नसके लोडसेडिङ हुनै सक्दैन भन्ने अवस्था भने नरहेको उनको धारणा छ ।
उनका अनुसार ‘सप्लाई भएर मात्र हुँदैन,मुख्य कुरा व्यवस्थापनको हो । यदि सही ढङ्गले व्यवस्थापन गर्न सकिएन भने लोडसेडिङ हुन पनि सक्छ । तर अहिले लोडसेडिङ गर्नु गलत हुन्छ ।’
उनले लोडसेडिङको उद्देश्य इन्भर्टर र ब्याट्रीको व्यापार बढाउने विगतको चलखेलतर्फ संकेत गर्दै भने ‘जसरी इन्धनको अभाव हुँदा मान्छेहरू लाइन लागेर तेल भर्न बसे,त्यस्तै इन्भर्टर किन्ने, ब्याट्री किन्ने अनि उपभोक्तालाई अभ्यस्त बनाउँदै लगेर लोडसेडिङ बढाउदै जाने अवस्था आयो भयो भने के हुन्छ ?’
लोडसेडिङ हुँदैन भन्ने कुराको सुनिश्चितताका लागि विद्युत आपूर्ति,उपभोक्ताको व्यवहार,कर्मचारी व्यवस्थापन र पूर्वाधार निर्माणमा ध्यान दिनुपर्छ । उनले दोहोर्याउँदै बताए ‘अन्ततः यो सबै म्यानेजमेन्टकै कुरा हो ।