बाँकेमा भएको माेटरसाइकल दुर्घटनामा रोल्पाका एक ब्यक्तिको ज्यान गएको छ । बाँके राप्ती सोनारी १ कुसुमको दक्षिणकाली पेट्रोल पम्म नजिकै गाडीले ठक्कर दिदा मोटर साईकलमा सवार रहेका रोल्पाका एक जनाको ज्यान गएको हो ।
शुक्रबार साँझ ६:४५ बजेको समयमा ४ ख ६४६५ नम्बरको गाडिले ठक्कर दिदी रा ५ प ९६०० नम्बरको मोटर साईकलमा सवार रहेका रोल्पा लिवाङ निवासी २६ बर्षिय राजेश सुनारको ज्यान गएको प्रहरीले जनाएको छ।उनिसघै मोटरसाइकलमा पछाडि बसेर यात्रागरिरहेका एकजना भने सकुशल रहेका छन । मृतक सुनार रोल्पाबाट नेपालगन्ज जाने क्रममा दाङ तर्फ जाँदै गरेको गाडीले ठक्कर दिएको हो ।
घटना स्थलमा गम्भीर घाइते बनेका सुनारको अस्पताल लैजादै गर्दा बाटोमा लिदै गर्दा निधन भएको इप्रका कोहोलपुरले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिएको गाडी चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। घटनाको विस्तृत अनुसन्धान भैरहेको प्रहरीको जनाएको छ । ग्लोबल आइएमी बैंक रोल्पामा कार्यरत कर्मचारी समेत रहेका राजेश सबैका प्यारा थिए । मिलनसार राजेशको निधनले उनका शुभचिन्तकहरु स्तब्ध भएका छन।