रोल्पाको सुनिलस्मृति गाउँपापिलका वडा नं -३ गाेराखेर भीरबाट लडेर दुई जना ब्यक्ति मृतक अवस्थामा भेटिएका छन् । पहिचान नखुलेका अनुमानित २८/३० कि महिला र अन्दाजि वर्ष २ कि बालिका मृत अवस्थामा भेटिएको हुन ।
जिल्ला प्रहरी कार्यालय रोल्पाको सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष कुमार के.सी. का अनुसार मृतक महिला र बालिकाको शव गोराखरे भीर स्थित रिजादेखि सिम्लेनी जाने गोरेटो बाटोदेखि २ सय मिटर तल भिरालो जमिनमा अडिएको अवस्थामा रहेको उहाँले बताए ।
घटना स्थलमा अनुसन्धानका लागि अनुसन्धान अधिकृत सहितको प्रहरी टोलीले घटनाको थप अनुसन्धान कार्य जारी राखेको छ ।

