• एउटै दृष्टि, भिन्न कोण
  • Search

शिक्षक संघ लुम्बिनि प्रदेश किमिटी सदस्य महेशको दुर्घटनामा परि मृत्यू

रोल्पा २०७७ माघ ९ गते शुक्रवार

रोल्पा गंगादेब ३ बडाढुङ्गा घर भएका ४९ बर्षिय शिक्षक महेश कुमार केसीको बिहिबार दुर्घटनामा परि मृत्यु भएको छ । शिक्षक केसी बिद्यालयबाट फर्कदै गर्दा बाटोमा घरायसी काममा संलग्न भएका थिए। सोहि क्रममा उनलाइ माथिबाट लडेको मुढाले च्यापेर मृत्यू भएको थियो । गम्भीर घाइते केसीलाई उद्दारगरि उपचारकोलागि तत्कालै दाङ तुल्सिपुर लगिएको थियो। उपचारको लागि तुल्सिपुर पुर्याइएका केसीलाई बिहिबार राति ९ बजे राप्ति प्रादेशिक अस्पतालले मृत घोषणा गरेको थियो ।

शिक्षक महेश कुमार केसी गणेश आधारभूत बिद्यालय बडाढुङ्गाका स्थायी शिक्षक हुन् ।

२०२८ सालमा जन्मेका महेश कुमार केसी इमान्दार कर्मठ र समाजसेवी शिक्षकको रुपमा चिनिन्छन । उनि शिक्षक संघ लुम्बिनि प्रदेश किमिटी सदस्य थिए । केसी नेपाली काँग्रेस आस्थावान शिक्षक हुन् ।

सुक्रबार करिव ४ बजे उनको दाहसंस्कार गरिएको छ । दाहसंस्कारमा नेपाली काँग्रेस गंगादेव गाउँ कमिटीद्वारा मृतक केसीको पार्थिक शरीरमा झण्डा ओढाई एक मिनेट मौनधारण गरेको थियो ।  दाहसंस्कारको क्रममा नेपाली काँग्रेस जिल्ला कमिटी सदस्य तथा गंगादेव गाउँपालीका हरि बहादुर पुन लगाएतका स्थानीय पार्टी कार्यकर्ता र अन्य शुभ चिन्तकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस