• एउटै दृष्टि, भिन्न कोण
  • Search

प्रदेश प्रमुख तिलक परियारलाई राष्ट्रपतिले गरे पद मूक्त

काठमाडौ २०७७ फाल्गुन ७ गते शुक्रवार

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी छन् ।

राष्ट्रपति कार्यालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले प्रदेश प्रमुख परियारलाई पदमुक्त गरेको जानकारी दिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘ सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्‌बाट सिफारिस भई आएअनुसार नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश नं. २ का प्रदेश प्रमुख श्री तिलक परियारलाई पदमुक्त गर्नुभएको छ ।’

प्रतिक्रिया दिनुहोस