• एउटै दृष्टि, भिन्न कोण
  • Search

प्रहरी थुनुवा कक्षमा रोल्पाका वलीको मृत्यु , संकास्पद भन्दै आफन्तद्धारा शव बुझ्न अस्विकार

दाङ २०७७ फाल्गुन ९ गते आइतवार

ईलाका प्रहरी कार्यालयको हिरासतमा रहेका व्यक्तिको मृत्यु भएपछि आफन्तले शव बुझ्न अस्विकार गरेका छन् । रोल्पाको गंगादेव गाउँपालिका–३ लोरीबीनी निबासी ४५ बर्षका नन्दराम वलीको मृत्यु भएपछि घटनाको निश्पक्ष छानबिन हुनुपर्ने माग गर्दै आफन्तले शव बुझ्न अस्किार गरेका हुन । आफन्तले शव बुझ्न अस्किार गरेपछि मृतकको पोष्टमाटर्म गरिएको छैन् ।

घटनाको छानबिन र दोषीलाई कारबाही नभएसम्म शव नबुझ्ने जेठी श्रीमती पार्वती वलीले बताउनुभयो । विगत १६ बर्षदेखि तुलसीपुरको मालपोत नजिकै बस्दै आएका नन्दरामले कुटपिट गरेको भन्दै कान्छी श्रीमतीले ईलाका प्रहरी कार्यालय तुलसीपुरलाई खबर गरेपछि प्रहरीले उनलाई गएराति नै नियन्त्रणमा लिएको थियो ।

‘श्रीमती र छोरीलाई काट्छु मार्छु भन्दै चक्कुले प्रहार गर्नखोजेपछि भागेर उच्च अदालत नजिकै आएर प्रहरीलाई खबर गरिन,’ ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक प्रसाद शर्माले भन्नुभयो–‘ रक्सीको नसामा झगडा गरेकाले दुबैजना मिलेर बस्नुस भन्यौ तर श्रीमतीले मान्नुभएन । एक दिन भएपनि राखिदिनुप¥यो नत्र हामीलाई मारिहाल्छ भनेपछि लिएर आएऔं । बिहानपख अचेत अबस्थामा देखेपछि उपचारका लागि राप्ती प्रादेशिक अस्पताल लगे लगत्तै अस्पतालले मृत घोषणा ग¥यो ।’ अत्याधिक मादक पदार्थ सेवन गरेका कारण मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस