• एउटै दृष्टि, भिन्न कोण
  • Search

कांग्रेसले केही गर्दैन भनेर भोट नदिने अहिले कांग्रेस चाहियो भन्ने : देउवा

काठमाडौ २०७७ फाल्गुन १२ गते बुधवार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केही गरेन भनेर विरोध गर्नेहरूले नै अहिले कांग्रेसलाई खोजिरहेको बताएका छन्।

कांग्रेसले केही गर्दैन भनेर जनताले हराए । अहिले कांग्रेस चाहियो भन्नुपरेको छ,’ उनले भने, ‘कांग्रेसबाट आशा गर्नुभएकोमा सबै नेपाली जनता, बुद्धिजिवी, पत्रकार जगत सबैलाई धन्यवाद छ । कांग्रेसप्रति आकर्षण बढेको बुझेको छु ।’

महेन्द्रनारायण निधिको ९९ औं जन्मजयन्तीका अवसरमा काठमाडौंमा बुधबार भएको विचार गोष्ठीमा देउवाले भने, ‘भोट दिने बेला कांग्रेसलाई नदिने अहिले कांग्रेस चाहियो?’

उनले नेकपाभित्र दुइटा समूह देखिएको तर पार्टी कानुनी रूपमा एक नै रहेको बताए। ‘उहाँहरूका बीचमा झगडा भयो। अहिले दुइटा समूह छ। पार्टी एकै छ। हामी कुनै पार्टी फुटोस् भन्ने चाहना पनि छैन,’ उनले भने।

सर्वोच्चले प्रतिनिधि सभा विघटनबारे अन्तरिम आदेश नदिएकोले आफूले पुनर्स्थापना र चुनाव दुबै जे भए पनि स्वीकार गर्छौं भनेको देउवाको भनाइ छ।

प्रतिक्रिया दिनुहोस