• एउटै दृष्टि, भिन्न कोण
  • Search

सरकार र नेकपा बिप्लब समूह बिच पहिलो चरणको बार्ता

काठमाडौ २०७७ फाल्गुन १९ गते बुधवार

सरकार र विप्लव नेतृत्वको विद्रोही नेकपाका वार्ता टोलीबीच बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा पहिलो चरणको वार्ता सम्पन्न भएको छ । वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिए । 

बालुवाटारमा वार्ताका लागि विप्लव समूहका प्रवक्ता तथा वार्ता टोलीका संयोजक प्रकाण्ड बिहानै प्रधानमन्त्री निवास पुगेका थिए भने साथमा वार्ता टोलीका सदस्य उदयबहादुर चलाउने ‘दीपक’ पनि रहेका थिए । बालुवाटारमा उनीहरु बिहानै पुगे पनि वार्ता भने साढे ९ बजेतिर मात्रै सुरु भएको थियो । 

करिब दुई वर्ष भूमिगत रहेका प्रकाण्ड र चलाउने कोट र पाइन्टमा बालुवाटार पुगेका थिए । सरकारले प्रतिबन्ध लगाएको झण्डै दुई वर्षमा विप्लव समूहलाई मूलधारको राजनीतिमा ल्याउने गरी वार्ता थालेको हो । 

प्रतिक्रिया दिनुहोस