नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच बालुवाटारमा तेस्रो चरणको वार्ता सम्पन्न भएको छ।
सरकार र विप्लव समूहका प्रतिनिधिबीच बिहिबार विहान सम्पन्न वार्ताले तीन बुँदे सहमति समेत गरेको बालुवाटार स्रोतले जनाएको छ।
सहमतिमा नेपाल कम्युनिष्ट पार्टीले आफना सम्पूर्ण राजनीतिक बिषयहरुको समाधान संवादका माध्यमबाट गर्ने आफना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपुर्ण रुपमा सन्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाईएको नेपाल कम्युनिष्ट पार्टी माथीको प्रतिबन्ध हटाउन, सम्पुर्ण बन्दीको रिहाई र मुद्धा खारेज लगायतका बिषयहरु रहेका छन् ।
बालुवाटारमा जारी संवादमा सरकारी पक्षबाट गृहमन्त्री रामबहादुर थापा, डा. राजन भट्टराई र विप्लव समूहबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा, उदयबहादुर चलाउने छलफलमा जुटेका हुन्।