सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकीकरण बदर गरेर साविकको नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताउने निर्णय गरे सँगै सन्ध्या तिवारीको एमाले र पूर्वमन्त्री गोपाल किराँतीको माओवादी केन्द्र के हुन्छ ? भन्ने प्रश्न उब्जिएको छ ।
कानुनका जानकारहरुका अनुसार निर्वाचन आयोगमा दर्ता भएका दुई वटा दलको दर्ता खारेज हुनेछन् ।
आयोगमा नेकपा (माओवादी केन्द्र) नामक दल किरातीको नाम गौशलामा पार्टी कार्यालय रहने गरि दल दर्ता नम्बर १५३ रहेको छ भने सन्ध्या तिवारीको नाममा नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी) नामको दर्ता नम्बर १६० छ ।
सर्वोच्चको फैसलाले २०७५ जेठ २ कै अवस्थामा पुर्याएकाले केपी शर्मा ओलीको नाममा दर्ता भएको नेकपा (एमाले) र पुष्पकमल दाहाल प्रचण्डको नाममा दर्ता भएको नेकपा (माओवादी केन्द्र)ले पाउनेछन् ।
‘अदालतको फैसला हेर्दा २०७६ भदौ र २०७७ साउनमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) नाम खाली थिएन भन्ने अर्थ लाग्छ’ ।
२०७५ जेठ ३ मा साविक एमाले र माओवादी केन्द्र एकीकरण भएपछि किराँती र तिवारीको दल निर्वाचन आयोगमा दर्ता भएको थियो ।