• एउटै दृष्टि, भिन्न कोण
  • Search

काङ्ग्रेसको अबको रणनीति: आफ्नो नेतृत्वको सरकार र ‘अर्ली इलेक्सन’

काठमाडौ २०७७ फाल्गुन २५ गते मङ्गलवार

अघिल्लो सातासम्म नेकपाको प्रचण्ड-माधव समूहले प्रधानमन्त्री पद प्रस्ताव गर्दा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भनेका थिए, नेकपा फुटेकै छैन । हतार नगरौं ।’

त्यसबेला नेकपा ओली र प्रचण्ड-माधव समूहमा विभाजित थिए । त्यसले कानूनी मान्यता नपाउँदै सर्वोच्च अदालतले नेकपाको नाम विवादमा गरेको फैसलाले नेकपा औपचारिक रुपमै फुटेको छ, तर तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूँतिने गरी ।

देउवा निकट एक नेताका अनुसार अब प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने र पार्टीको नेतृत्वमा माओवादी केन्द्र र जनता समाजवादी दल (जसपा)को गठबन्धन सरकार बनाउने प्रयास हुनसक्छ ।

अरुको नेतृत्वलाई स्विकार गरेर गठबन्धन सरकारमा जान नहुने देउवा निकट नेताहरुको मत छ ।

यद्यपि यसबारे पार्टीले औपचारिक निर्णय गरेको छैन ।

कांग्रेस नेताहरुका अनुसार गठबन्धन सरकार बनाउँदा पनि कांग्रेसको जोड ‘अर्ली इलेक्सन’ मा हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई कांग्रेसले संस्थागत रुपमा असंवैधानिक भन्दा पनि सभापति देउवा मध्यावधि चुनावको पक्षमा देखिएका थिए । सर्वोच्च अदालतले विघटन बदर गर्दै संसद पुनस्र्थापित गरिदिँदा पनि कांग्रेस नेताहरु प्रतिनिधिसभाको कार्यकाल ५ वर्ष पुरा हुनु पर्ने पक्षमा खुलस्त थिएनन् ।

प्रतिक्रिया दिनुहोस