नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई नेतृत्वबाट बिदा लिनुपर्ने भन्ने कतिपय सुझाव आएको भन्दै आफूले तत्काल नेतृत्व नछोड्ने बताएका छन् ।
‘हुन त मैले ४२ वर्षको उमेरमा जनयुद्धको नेतृत्व गरेको थिए, अहिले पनि कतिपयले छोड्नुपनर्छ भन्दै छन्, तर म छोड्नेवाला छैन, बरु फेरि क्रान्ति लड्नेवाला छु, प्रतिक्रान्तिकारीहरुका विरुद्ध लड्नेछु उनले भने, ।’
माओत्न्सेतुङले ७२ वर्षमा साँस्कृतिक क्रान्ति गरेको स्मरण गर्दै उनले प्रतिक्रान्तिविरुद्ध लडाई जारी रहेको समेत बताए । आफूहरुले एउटा ब्याटल जिते पनि अरु ब्याटल जित्न बाँकी रहेको प्रचण्डको भनाई थियो ।
जेल जानु परे पनि तयार छु भन्ने सोचेरै केपी प्रवृत्तिविरुद्ध लडाई थालिएको समेत प्रचण्डको भनाई थियो ।