पछिल्लो दूई महिना यता दाङ नारायणपुर–नारेबाङ सडक खण्ड सामाजिक सञ्जालहरुमा खुबै छाएको छ । सामाजिक सञ्जाल प्रयोग कर्ताका कारण चिटिक्क परेको नागबेली सडक रातारात भाइरल भएको हो ।
यस सडकमा टिकटक बनाउने मान्छेको भिड धेरैनै देख्न सकिन्छ। यो सडकमा युवा युवतीहरु समुह बढी देख्न सकिन्छ । प्राय शनिबार यो सडकमा भिड नै लाग्ने गरेको छ । मानिसहरु फोटो खिच्न, टिकटकको लागि भिडियो बनाउन यो सडकमा आउने गरेका छन । पछिल्लो समय यसकै नाम नै ‘भाइरल सडक’ भन्न थालिएको छ ।
तस्बिरः राजेश खत्री/दाङ