• एउटै दृष्टि, भिन्न कोण
  • Search

SEE नतिजा: रोल्पामा गंगादेवको पृथ्वीनारायण मावि जिल्लामै अव्वल

रोल्पा २०८२ असार १५ गते आइतवार

रोल्पा जिल्लामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा कुल ५०.३६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। जिल्लामै उत्कृष्ट नतिजा निकाल्न सफल गंगादेव गाउँपालिका वडा नं. ७, राँक जायचौरस्थित पृथ्वीनारायण माध्यमिक विद्यालयले परीक्षामा सहभागी ६८ मध्ये ६७ जना विद्यार्थी उत्तीर्ण गराएर ९८.५२ प्रतिशत नतिजा निकाल्दै सबैको ध्यान तान्न सफल भएको छ।

विद्यालय प्राचार्य लावड ब्राइटर पुनमगरका अनुसार, “करिब ४ महिनादेखि होस्टेलमा राखी विशेष तयारी गराइएको थियो। शिक्षकहरूको मेहनतले विद्यार्थीमा सकारात्मक प्रभाव परेको र सोही मेहनतको प्रतिफल आज देखिएको हो,” उनले बताए।

विद्यालयका उत्कृष्ट विद्यार्थीहरूमध्ये मनिषा परियारले ३.७४ जीपीए ल्याएर प्रथम स्थान हासिल गरिन् भने रामबहादुर केसीले ३.७३ जीपीएसहित दोस्रो र ओडिस पुनमगरले ३.६१ जीपीएसहित तेस्रो स्थानमा रहेका छन

त्यस्तै, गंगादेव गाउँपालिकाभित्रका अन्य विद्यालयहरूले पनि उल्लेखनीय सफलता प्राप्त गरेका छन्। वडा नं. ३ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयका विद्यार्थी चुडामणि केसीले ३.७७ जीपीए ल्याउँदै पालिकाभित्र प्रथम र जिल्लामै समेत अग्रणी स्थान हासिल गरेका छन्। वडा नं. ३ कै वीरेन्द्र मावि नाउलीकी रेखा डाँगीले पनि ३.७४ जीपीए ल्याउँदै पालिकाका अब्बल विद्यार्थीमध्ये स्थान बनाउन सफल भएकी छन्।

गाउँपालिकाले प्रत्येक वर्षझैँ यस वर्ष पनि उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीहरूलाई सम्मान तथा प्रोत्साहन गर्ने गर्न गरेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस