• एउटै दृष्टि, भिन्न कोण
  • Search

‘किसुनजी’ ले मेलम्चीको पानी उपत्यका ल्याउछु भनेर बोलेको भिडियो कांग्रेसद्वारा सार्वजनिक

काठमाडौ २०७७ चैत्र २१ गते शनिवार

नेपाली कांग्रेसले तत्कालीन पार्टी सभापति तथा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई ‘किसुनजी’ ले मेलम्चीको पानी काठमाडौं ल्याउनबारे बोलेको भिडियो सार्वजनिक गरेको छ।

२०४८ सालको निर्वाचनको पूर्वसन्ध्यामा प्रधानमन्त्री रहेका भट्टराईले मेलम्चीको पानी काठमाडौं ल्याउनेबारे बोलेको क्लिपसहित भिडियो कांग्रेसले सार्वजनिक गरेको हो।

कांग्रेस सूचना सञ्चार तथा प्रचार विभागले सार्वजनिक गरेको भिडियोमा भट्टराईले ‘मैले अब ल्याउँछु, त्यही मेलम्चीको पानी’ भनेका छन्। भिडियोमा थप आवाज भने विभाग प्रमुख तथा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको छ।

प्रतिक्रिया दिनुहोस