नेपाल विद्यार्थी संघ गंगादेव गाउँपालिका रोल्पाको प्रथम अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले सुशीलशरण वलीको अध्यक्षतामा २७ सदस्यीय गाउँ कार्यसमिति गठन गरेको हो । जसको उपाध्यक्षमा एन्जिसन क्षेत्री र शिव वलि, कोषाध्यक्ष बाल्मी परियार, सह कोषाध्यक्षमा सीता वलि, सचिवमा तुफान वलि र सह सचिव भुमिका वली रहेका छन ।

नेविसंघ रोल्पाका अध्यक्ष शेर बहादुर थापाको प्रमुख आतिथ्ययतामा सुरु भएको कार्यक्रमको विशिष्ट अतिथिमा नेपाली काँग्रेस रोल्पाका सदस्य टेक बहादुर बिक, अतिथहरुमा नेपाली काँग्रेस क्षेत्र न २ का क्षेत्रीय सभापति गोपाल घर्ती नेपाली काँग्रेस गंगादेवका सभापति दिपेन्द्र बहादुर डाँगिको उपस्थिति रहेको थियो ।