• एउटै दृष्टि, भिन्न कोण
  • Search

नेपालमा लकडाउनको दोस्रो लहर सुरू, ९ गतेदेखि लकडाउनको घोषणा

बाँके २०७८ बैशाख ७ गते मङ्गलवार

बाँके जिल्लामा बैशाख ९ गते देखि लागुहुनेगरि लकडाउन घोषणा गर्ने निर्णय भएको छ। प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले वैशाख ९ गतेदेखि एक सातासम्मका लागि लकडाउन गर्ने निर्णय गरेको हो।

‘यो सातायता कोभिड-१९ संक्रमण उच्च भएको छ, यसलाई रोकथाम गर्न लकडाउन गर्नुको विकल्प छैन,’ प्रमुख जिल्लाअधिकारी शिवराम गेलालले भने, ‘पहिलो चरणमा एक हप्ता मात्रै लकडाउन हुन्छ।’

कोरोना संक्रमण तीब्र रूपमा फैलिन थालेपछि महामारीसँग जुध्न कडा प्रतिबन्धको विकल्प नदेखिएकाले बैशाख ९ गतेदेखि १ हप्ताका लागि प्रतिबन्ध लगाउने निर्णय भएको उनले बताए । बाँकेमा गरिएको लकडाउन दोस्रो लहरको सुरुआत हो ।

सीडीओ गेलालले भने, ‘जिल्लाभर नै लकडाउन गर्ने कि कुन–कुन क्षेत्रमा गर्ने भनेर भोलि टुंगो लगाउँछौं ।’ विमानस्थल र राजमार्ग खुला राख्ने तथा जमुनाहा नाकाबाट आउने नेपालीलाई सम्बन्धित ठाउँमा पुर्‍याउने व्यवस्था मिलाउने सीडीओ गेलालले बताए ।

बाँके जिल्लामा हिजो सोमवार एकैदिन ३२२ जना नयाँ संक्रमित फेला परेका छन् ।

प्रतिक्रिया दिनुहोस