नेपाल सरकारका प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आउँदो फागुनभित्र स्थानीय तहको निर्वाचन हुने खुलासा गरेका छन् । शुक्रबार बालुवाटारमा बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकमा ओलीले फागुनभित्र स्थानीय तहको निर्वाचन हुने बताएको हुन ।
बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले फागुनभित्र स्थानीय तहको निर्वाचन सम्पन्न हुने भन्दै तयारीमा लाग्न निर्देशन दिएको एक सांसदले बताए ।