• एउटै दृष्टि, भिन्न कोण
  • Search

रोल्पामा कोभिड संक्रमण जोखिममा गंगादेब : संक्रमितहरुको ब्यवस्थापनमा कुनै योजना छैन

रोल्पा २०७८ बैशाख १८ गते शनिवार

रोल्पाको गंगादेब गाँउपालिमा कोभिड संक्रमणले भयानक रुप लिने देखिएको छ । हिजो मात्र एकै दिन ४२ जना संक्रमित भेटीए सगै झण्डै ५० भन्दा माथि संक्रमित पहिचान भइसकेका छन भने एक जना संक्रमितको मृत्यु समेत भइसकेको छ। संक्रमितहुनेहरुमा अधिकांश गाँउपालिकामा कार्यरत कर्मचारी, जनप्रतिनिधि र केही स्थानियहरु रहेका छन ।

स्रोतका अनुसार पहिचान भएका कोभिड संक्रमितहरु कहाँ कस्तो अबस्थामा छन गाउपालिका कुनै अपडेट नै छैन। एकैदिन ४२ जना संक्रमित भेटिए पश्चात संक्रमितहरुको कन्ट्रयाक ट्रेसिङ पनि गरिएको छैन। संक्रमितहरु गाँउपालिकाले कुनै वास्ता नगर्दा होटेलमा खाना खाएर आफ्नै कोठमा सुत्न बाध्य छन । कोभिड संक्रमितहरुको स्वास्थ्यको बारेमा खासै कसैले चिन्ता नलिएको नाम नखुलाउने सर्तमा एक जना संक्रमितले बताए ।

स्थानिय वासीका अनुसार हिजो देखिएका ४२ जना कोभिड संक्रमितहरु मध्यका केही जना विभिन्न सभा, सम्मेलन, पुजा, विवाहमा सहभागी भएका थिए। आजभोलि गाँउ गाँउमा कोभिड-१९ को लक्षण भएका ब्यक्तिहरु पहिचान र उपचार बिना नै घरमा बस्न बाध्य छन । गंगादेब गाउपालिकाले प्रभावित जनताको स्वाब संकलन र परिक्षणमा कुनै पनि चासो नदिदा जोखिम नै मोलेर घरमा बस्न बाध्य भएको स्थानिय बासिको आरोप छ ।

कोभिड संक्रमण न्यूनिकरणकोलागि गाउपालिकाको ध्यान पुग्न सकेको छैन र बिगतमा कुनै तयारी गरिएको थिएन । कोभिड सँग मिल्दो जुल्दो लक्षण भएका सयौं जना बिरामीहरू पहिचानको लागि स्वाब संकलन र जाँचकोलागि स्थानिय सरकारले वास्ता नगर्दा ठुलै दुर्घटना हुने स्थानिय वासीको चिन्ता छ ।

प्रतिक्रिया दिनुहोस